यी हुन् आईपीएलको मेगा अक्सनका लागि दर्ता भएका १५ नेपाली खेलाडी – Nepal Press

यी हुन् आईपीएलको मेगा अक्सनका लागि दर्ता भएका १५ नेपाली खेलाडी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनका लागि दर्ता भएका नेपाली खेलाडीको नाम सार्वजनिक गरेको छ ।

क्यानका अनुसार सन्दीप लामिछाने, आसिफ शेख, पवन सर्राफ, सन्दिप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुसन भारी, आरिफ शेखको नाम दर्ता भएको छ ।

यसैगरि अविनाश बोहरा, विनोद भण्डारी, शरद भेषावकर, सोमपाल कामी, कुशल मल्ल, करन केसी र दीपेन्द्रसिंह ऐरीको पनि नाम दर्ता भएको क्यानले जनाएको छ।

आईपीएलको मेगा अक्सन फेब्रुअरी १२ र १३ तारिखमा हुँदै छ । हालसम्म नेपालबाट सन्दीप लामिछानेले मात्र आईपीएल खेलेका छन् ।

खेलाडीको अनुमति लिएर मात्र उनीहरुको नाम दर्ताका लागि पठाइएको क्यानले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर