टम क्रुज स्टारर ‘मिसन इम्पोसिबल’का दुबै फिल्मको रिलिज डेट स्थगित – Nepal Press

टम क्रुज स्टारर ‘मिसन इम्पोसिबल’का दुबै फिल्मको रिलिज डेट स्थगित

काठमाडौं । टम क्रुज स्टारर ‘मिसन इम्पोसिबल’ ७ र ८ का दुबै श्रृंखलाको प्रदर्शन मिति स्थगित भएको छ ।

सातौं श्रृंखला अब जुलाइ १४, २०२३ मा रिलिज हुने भएको छ भने आठौं श्रृंखला जुन २८, २०२४ मा रिलिज हुनेछ ।

निर्माण कम्पनी प्यारामाउन्ट र स्काइडान्सले प्रदर्शन कोरोनाभाइरस महामारीको अहिलेको स्थितीले अन्यौलता सिर्जना गरेको भन्दै प्रदर्शन मिति सार्ने निर्णय लिएका हुन् ।

पछिल्ला २० महिनामा कोभिड महामारीले प्रदर्शन मिति स्थगित हुने कैंयौं फिल्ममध्ये मिसन इम्पोसिबलका यी दुई सिरिज पनि एक हुन् । हलिउड रिपोर्टरका अनुसार निर्माणको कम्पनीको विज्ञप्तिमा कोभिड महामारीको परिस्थितीले फिल्म पोस्टपोन्ड गरिएको र दर्शकलाई फिल्म हलको अनुभव प्रदान गर्न आफूहरु प्रतिबद्ध रहेको जनाइएको छ ।

प्यारामाउन्ट र स्काइडान्सको नयाँ फिल्म ‘टप गन् : म्याभरिक’ मे २७, २०२२ मा रिलिज तयारीमा छ । यो फिल्मको रिलिज डेटलाई पोस्टपोन्ड नगर्ने तयारीमा उनीहरु छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर