रेणु यादवको अभिव्यक्तिले जसपामा विवाद, मन्त्रीबाट हटाउन अध्यक्ष उपेन्द्रमाथि दबाब – Nepal Press

रेणु यादवको अभिव्यक्तिले जसपामा विवाद, मन्त्रीबाट हटाउन अध्यक्ष उपेन्द्रमाथि दबाब

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न सत्तारुढ जनता समाजवादी पार्टीभित्र अध्यक्ष उपेन्द्र यादवमाथि दबाब बढेको छ ।

वरिष्ठ नेता डा. बाबुराम भट्टराई पक्षधर नेताहरुले रेणु यादवको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै पार्टीले उनको बचाउ गर्न नसक्ने बताएका छन् ।

अर्को गौर नरसंहार मच्चाउने भनी दिएको अभिव्यक्तिले जसपाभित्र अध्यक्ष यादव दबाबमा छन् । यद्यपी उनले पार्टीका केही नेताहरुले सोध्दा अहिलेसम्म मन्त्री यादवलाई कारवाही गर्नेबारे कुनै छलफल नभएको जवाफ दिएका छन् ।

पार्टीभित्र अन्तरविरोध चुलिएका बेला रेणुको विवादस्पद र आपत्तिजनक अभिव्यक्तिले यादव थप अप्ठेरोमा छन् । जसपा नेता डा।भट्टरँईले त्रासदीपूर्ण गौर नरसंहारको आदर्शीकरण नगर्न ट्वीटरमार्फत आग्रह गरेका छन् ।

उनले रेणु यादवको नाम नलिई उनको अभिव्यक्तिसँग जसपालाई कतै नजोड्न आग्रह गरेका छन् । रेणुले गौर नरसंहारलाई गौरवका रुपमा व्याख्या गर्दै फेरि त्यस्तै घटना गराउने अभिव्यक्ति दिएकी थिइन् ।

गौरको राइस मिलमा २०६३ चैतमा भएको नरसंहारमा हालको जसपा तत्कालीन मधेशी जनअधिकार फोरमले २७ जना माओवादी कार्यकर्ताको हत्या गरेको थियो । महिलालाई मार्नुअघि बलात्कार गरिएको थियो ।

जसपाकै कार्यकारिणी सदस्य नवराज सुवेदी र गंगानारायण श्रेष्ठले रेण यादवलाई मन्त्रीबाट पदमुक्त गर्न अध्यक्ष यादवलाई सुझाव दिएका छन् ।

श्रेष्ठले भनेका छन्– जिम्मेवार पदमा बसेर गैरजिम्मेवार अभिव्यक्ति दिनु जो कसैका लागि पनि शोभनीय हुँदैन ।

त्यस्तै जसपा नेता नवराज सुवेदीले विवादस्पद अभिव्यक्तिबारे मन्त्री यादवले नै थप स्पष्ट पार्नु पर्ने भन्दै अन्यथा यसबाट पार्टीलाई क्षति पुग्ने बताएका छन् ।

सुवेदीले भनेका छन्– जसपा,नेपाल ब्यक्तिहत्या ,धम्कि आदिमा विस्वास गर्दैन त्यो तरिकालाई खारेज गर्छ । मा. रेणु यादवले माघ ५ गते रौतहटमा के बोल्नुभो र किन त्यो विवादास्पद बिषय बन्योरुवहाँ आफैले त्यो बिषय थप स्पष्ट गर्नु आबस्यक छ अिन्यथा त्यसले पार्टीलाई क्षति पुग्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर