‘विदेशी बोर्डर बन्द छन् भनेर विद्यार्थी खाली नबसौं, स्वदेशमै बसेर योजना बनाऔंँ’ – Nepal Press
महामारीमा ‘अब्रोड स्टडी’

‘विदेशी बोर्डर बन्द छन् भनेर विद्यार्थी खाली नबसौं, स्वदेशमै बसेर योजना बनाऔंँ’

काठमाडौं । कोरोनाभाइरस महामारीले दुईवर्षयता वैदेशिक अध्ययन प्रभावित बनेको छ । भाइरसको तेस्रो लहरको उच्च जोखिमबीच कतिपय मुलुकले अन्तर्राष्ट्रिय सीमालाई बन्द गरेका छन् भने कतिपयले क्रमशः खुलाउन थालेका छन् ।

अष्ट्रेलियाले खोप लगाएका विदेशी विद्यार्थी र कामदारको लागि सीमा खुलेको गरेको छ । आगामी आठ हप्तासम्म अष्ट्रेलिया जाने विद्यार्थीले भिसा शुल्कमा छूट पाउने र सातामा २० घण्टासम्म काम गर्न पाउने निर्णयलाई खुकुलो तुल्याउने निर्णय समेत सरकारले गरेको छ ।

नेपाली विद्यार्थीको वैदेशिक अध्ययनको आकर्षक थलो अष्ट्रेलियाको सो निर्णयबाट चार हजार विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ । महामारीले सिर्जिएको अन्यौलता कायमै रहेको बेला विज्ञहरुले चाहिँ धैर्य गरेर तथा बुझेर मात्र वैदेशिक अध्ययनबारे निर्णय गर्न सुझाएका छन् ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का निवर्तमान अध्यक्ष तथा विदेश अध्ययन सम्बन्धी जानकारी विष्णुहरि पाण्डे महामारीको समयमा विद्यार्थीले आत्मनियन्त्रण कायम राख्नुपर्ने बताउँछन् । मनोबल उच्च राख्न, आशावादी बन्न र इन्गेज हुन उनको सुझाव छ ।

साथै सन् २०२२ मा वैदेशिक अध्ययन थप सहज हुने आशा व्यक्त गर्दै उनले परिस्थिती सुध्रिएर जाने बताए । भाइरस महामारीको धक्काले अघिल्ला दुईपटकका लहरमा कतिपय शैक्षिक परामर्श व्यवसायी विस्थापित भएको र कतिपयले टिकेर काम गरिरहेको उनको भनाई छ । पाण्डेले नेपाल प्रेससँग महामारीको समयमा वैदेशिक अध्ययन, अष्ट्रेलिया सरकारको निर्णय र आगामी समयबारे कुरा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर