बाबुराम–बास्कोटा सवाल जवाफ : हिटलरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरको चर्चा – Nepal Press

बाबुराम–बास्कोटा सवाल जवाफ : हिटलरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरको चर्चा

बाबुरामलाई बास्कोटाको जवाफ–हारजंगमा ८ जनालाई घरभित्रै जलाएको बिर्सेका छैनौं

काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हिटलरको संज्ञा दिएपछि एमाले नेता गोकुल बास्कोटा प्रतिवादमा उत्रिएका छन् ।

डा. भट्टराईले एमालेलाई बहुदलीय जनवादको खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासिवादी तत्वको संज्ञा दिँदै हिटलरको मार्गदर्शक सिद्धान्त ‘राष्ट्रिय समाजवाद’ रहेको स्मरण गरेका छन् ।

उनले विनाकारण ६ महिनादेखि संसद अवरुद्ध गर्ने र वैधानिक सरकारले बोलाएको सर्वदलय बैठक निरन्तर बहिस्कार गरेको भन्दै एमालेको आलोचना गरेका हुन् ।

जवाफमा एमाले पोलिटव्युरो सदस्य बास्कोटाले रोल्पाको हारजंगमा ८ जना नागरिकलाई घरभित्र थुनेर जिउँदै जलाएर मारेको र चार वर्षीया वालिका काजोल खातुनलाई बसभित्र जलाएर मारेको भन्दै बाबुराममाथि कटाक्ष गरेका छन् ।

बास्कोटाले बाबुराम भट्टराईले एमालेलाई बारम्बार हिटलरसँग तुलना गर्न खोज्नुको अर्थ माग्दै हिटलरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरमा कुनै भिन्नता नरहेको बताएका छन् ।

माओवादी युद्धको बेला रोल्पाको हारजंगमा ८ जना एमाले समर्थकलाई घरभित्रै आगो लगाएर मारिएको थियो । बास्कोटाले सोही घटना बाबुरामलाई स्मरण गराएका हुन् ।

बास्कोटाले बाबुरामलाई जवाफ दिदै भनेका छन्– सामाजिक फासीवादी भट्टराई र फासीवादी हिट्लर दाजुभाई हुन।रेनुको राजीनामा रोक्न सार्वजनिक धम्कि दिनु आवस्यक छैन । विदेशी एजेण्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केहि हल्लदैन।


प्रतिक्रिया

3 thoughts on “बाबुराम–बास्कोटा सवाल जवाफ : हिटलरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरको चर्चा

  1. भट्टराई भारतकाे दलाल हुन् । यिनलाई नेपालकाे मतलव नै छैन । भारतकाे आदेश मान्नु यिनकाे काम हाे । एमालेले राष्ट्रवादकाे कुरा गर्दा स्वभावैले भारतीयले गर्दै आएकाे थिचाेमिचाेकाे पनि विराेध हुन्छ् । यी मनुवा भारतले जे गरे पनि बिराेध गर्न पाइन्न भन्ने दलाली विचार बाेकेर हिडेका छन् । त्यसैले एमाले यिनकाे लागि टाउकाे दुखाई भएकाे छ । एमालेलाई केहिदिन केही नभने यिनलाईभारतले हप्काउछ रे । पैसा फिर्ता माग्छ रे ।

    1. ओली कि भट्टराई असली भारतीय एजेन्ट हुन !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर