साताका खास सात तस्बिर – Nepal Press

साताका खास सात तस्बिर

काठमाडौं । यो साता आमसञ्चारमाध्यममा विभिन्न तस्बिरहरु प्रकाशित–प्रसारित भए । ती मध्ये केही तस्बिरहरु यहाँ प्रस्तुत छन् ।

राजधानीको जमलस्थित रानी पोखरीमा रमाउँदै गरेको हास । विस २०७२ सालको भूकम्पले क्षति पुर्याएको रानीपोखरी पुनर्निमाणपछि पोखरीमा तीन करोड २२ लाख लिटर पानी राखिएको छ । तस्बिर : गौरव पौडेल

राजधानीको थापागाउँको गुञ्ज थिएटरमा १ दशक पछि ‘पुतलीको घर’ नाटक प्रस्तुत गर्दै कलाकार। थापागाउँस्थित गुञ्ज थिएटरलाई एकवर्षको लागि लिजमा लिएर आरोहण गुरुकुल संचालन गरिएको हो । तस्बिर : गौरव पौडेल

 

नयाँ बानेश्वरमा रहेको सिभिल अस्पताल अगाडि प्रयोग गरेका माक्सलार्इ लाठीको साहयताले उठाउदै नेपाल प्रहरी । यसरी एक व्यक्तिले प्रयोग गरिसकेको सामाग्री यत्रतत्र मिल्काउँदा संक्रमणको जोखिम थप हुने भएका कारण निश्चित स्थानमा व्यवस्था गरिएको फोहोर फाल्ने ठाउँ वा अन्य सुरक्षित स्थानमा डिस्पोजल गर्नुपर्ने विज्ञहरुले बताएका छन । तस्बिर : गौरव पौडेल

 

राजधानीको नया बानेश्वरमा रहेको सिभिल अस्पताल आगाडि सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरुको मूल्य वृद्धि तत्काल खारेज गर्न विरोधमा हस्ताक्षर गर्दै सबसाधरण । तस्बिर : गौरव पौडेल

 

काठमाडौं उपत्यका लगायत देशको अधिकांस भूभागमा चिसो बढेपछि जाडो छल्नलाई आगो ताप्दै सर्वसाधारण । तस्बिर : सरोज बैजु

 

नयाँ बानेश्वरमा मास्क बेच्न ग्राहकको प्रतीक्षा गर्दै पसले । दिनप्रतिदिन कोरोना संक्रमणदर बढिरहेको छ । सरकारले संक्रमण कम गर्न विद्यालयलगायत बढी भिडभाड हुने सार्वजनिक स्थानहरु क्रमशः बन्द गर्न थालेको छ । र सरकारले संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिरहेको छ । तस्बिर : सरोज बैजु

 

पेट्रोलियम पदार्थको भाउ बढाएको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउदै अनेरास्ववियुका विद्यार्थी । शंकरदेव क्याम्पसअगाडि अनेरास्ववियुका विद्यार्थी भेला भएर प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । विरोधको क्रममा प्रदर्शनकारीले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् । तस्बिर : सरोज बैजु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर