मोबाइल चोरीको आरोप लागेका दुई प्रहरी निलम्बित – Nepal Press

मोबाइल चोरीको आरोप लागेका दुई प्रहरी निलम्बित

कैलाली । कैलालीको धनगढीमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा चोरी गरेको आरोप लागेका दुई जना प्रहरी निलम्बनमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढाल निलम्बनमा परेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।

उनीहरुविरुद्ध चोरीको मुद्धा दर्ता भएर ५ दिनको म्याद थप गरिएको उनले जानकारी दिए । मुद्दाको अन्तिम फैसला नहुदा सम्मको लागि निलम्बन गरिएको जोशीले बताए ।

लागूऔषधको कारोबार भइरहेको सूचना पाएपछि मोबाइल ग्यालरीमा गएका माल र बुढालले चोरी गरेको भिडियो सार्वजनिक भएको थियो ।

भिडिओ सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले मुद्धा दर्ता गर्दै उनीहरुलाई हिरातसमा राखेर अनुसन्धान अगाडि बढाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर