लागू औषधसहित तीन जना पक्राउ – Nepal Press

लागू औषधसहित तीन जना पक्राउ

सप्तरी । सप्तरी प्रहरीले लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ । बिहीबार राति छिन्नमस्ता गाउँपालिका-१ बाट प्रहरीले तीन जना लागू औषध कारोबारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला तिरहुत गाउँपालिका(५ बस्ने २७ वर्षीय राजकुमार मेहता, सोही ठाउँका १९ वर्षीय सिन्धु सदा र अग्निसाइर कृष्णासवरण गाउँपालिका-६ का २५ वर्षीय बैजु साह रहेका छन् ।

उनीहरूको साथबाट नेपालमा प्रतिबन्धित डिएलेक्स- डिसी सय एमएलको १ सय ९० बोतल, डिजेपाम २ एमएलको ९५ एम्पुल, फेनेरागन २ एमएल इन्जेक्सन ९५ एम्पुल, लेगेसिस २ एमएलको इन्जेक्सन ९५ एम्पुल पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।

छिन्नमस्ता गाउँपालिका-१ बरहीस्थित पूर्व-पश्चिम कोसी कर्णाली पम्प नहरको बाटोमा चेक प्वाइन्ट खडा गरी चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२३प २७७३ नम्बरको मोटरसाइकल शंका लागि रोकेर सोधपुछ गरी चेकजाँच गर्ने क्रममा लागू औषध फेला परेको प्रवक्ता काफ्लेले जानकारी दिए । उनीहरूमाथि लागू औषधको मुद्दामा म्यादथप गरी अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर