नक्कली नेपाली रुपैयाँ र अवैध भारतीय रुपैयाँसहित दुई जना पक्राउ – Nepal Press

नक्कली नेपाली रुपैयाँ र अवैध भारतीय रुपैयाँसहित दुई जना पक्राउ

महोत्तरी । नक्कली नेपाली रुपैयाँ र अवैध भारतीय रुपैयाँ प्रयोग गरेको आरोपमा आज महोत्तरीबाट दुई जना पक्राउ परेका छन् ।

भारतको विहारस्थित सितामाढी बस्ने ४० वर्षीय नुरुल होदा र सितामाढीकै सुरसण्ड-६ बस्ने ३९ वर्षीय उदय साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

दुवै जनालाई जिल्लाको फरक(फरक ठाउँबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार विशेष सूचनाको आधारमा मट्टीहानी प्रहरी चौकीबाट खटिएको प्रहरीले नुरुल होदालाई एउटै सिरियल नम्बर भएको दुई थान हजारको नोटसहित पक्राउ गरेको हो ।

होजालाई प्रहरीले नियन्त्रणमा लिएर मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

त्यसैगरी उदय साहलाई भिट्ठामोड प्रहरी चौकीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ कालो झोलामा लुकाइ ल्याएको ९ लाख ९७ हजार र २ लाख ४० हजारको ४ वटा चेकसहित पक्राउ गरेको भिठ्ठामोड प्रहरी चौकीले जनाएको छ ।

साहलाई तत्काल पक्राउ गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पतलैया पठाइएको जिल्ला प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर