प्रधानमन्त्रीको सम्बोधनबारे एमालेको टिप्पणी- अघिल्लो सरकारका कामलाई आफ्नो उपलब्धीका रुपमा चर्चा – Nepal Press

प्रधानमन्त्रीको सम्बोधनबारे एमालेको टिप्पणी- अघिल्लो सरकारका कामलाई आफ्नो उपलब्धीका रुपमा चर्चा

महासचिव पोखरेल भन्छन्– अप्राकृतिक सत्ता गठबन्धनको बोझबाट ग्रस्त दिशाहीन सम्बोधन

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन अप्राकृतिक सत्ता गठबन्धनको बोझबाट पूर्णतः ग्रस्त रहेको र कुनै दिशा प्रदान गर्न असफल रहेको टिप्पणी गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलले शुक्रवार साँझ पार्टीको धारणा सार्वजनिक गर्दै अघिल्लो सरकारले अघि सारेका कामका परिणामहरुलाई आफ्नो सरकारको उपलब्धीका रुपमा चर्चा गरेर भ्रम सिर्जना गर्न खोजेको आरोप लगाएका छन् ।

महासचिव पोखरेलले स्थानीय तहको निर्वाचन गर्नुपर्ने जिम्मेवारीबाट सरकार विमुख हुन खोजेको र चुनावबाट भागन खोज्ने गठबन्धनमा सामेल दलहरुबाट प्रधानमन्त्री प्रभावित बन्न खोजेको आरोप लगाएका छन् ।

महासचिव पोखरेलको वक्तव्य यस्तो छ

प्रधानमन्त्रीको सम्वोधन अपाकृतिक सत्तागठवन्धनको वोझवाट पूर्णतः ग्रस्त रहेको । कुनै स्पष्ट सन्देश र दिशा प्रदान गर्न असफल रहेको ।

मुलुक चरम आर्थिक सामाजिक संकटमा फस्दै गएको अवस्थालाई प्रमको सम्वोधनले पूर्णतः उपेक्षा गर्ने कोशिस गरेको । गम्भीर आर्थिक संकटवाट मुलुकलाई जोगाउन ठोस कार्ययोजना अघि सार्न चुकेको ।

विगतको सरकारले अघि सारेका कामका परिणामहरुलाई नै आफ्नो सरकारको उपलव्धिका रुपमा चर्चा गरेर भ्रम सिर्जना गर्ने कोशिस गरेको । गठवन्धन सरकारले अघि सारेको कार्ययोजनाको कुनै ठोस उपलव्धि देखाउन नसकेको ।

कोभिडको तेश्रो लहरको नियन्त्रण र रोकथाममा सरकार पुरै असफल भएको छ । खोपलाई प्राथमिकतामा राखेको सरकार खोप कार्यक्रममा पूर्णतः अकर्मण्य र असफल देखिएको । १८ वर्ष मुनिका वालवालिकाको सुरक्षाप्रति सरकार सम्वेदनशील नदेखिएको ।

लाखौ मात्राको भ्याक्सिन हराएको गम्भीर र संवेदनशील सुचनाका वारेमा प्रमवाट मौनता साध्ने काम भएको ।

अर्थमन्त्रालयवाट भएको भनिएको नीतिगत भ्रस्टाचारका वारेमा कुनै चर्चा नगरी त्यसलाई स्वीकार्न पुगेको ।

कुटनीतिक मामिलामा सरकार पुरै असम्वेदनशिल र गैर जिम्मेवार देखिएको । कालापानी क्षेत्रमा भएका पछिल्ला अतिक्रमणकारी घटनाका वारेमा सरकार पुरै लाचार देखिएको ।

आर्थिक कुटनीतिलाई जोड दिनुपर्ने समयमा राजनीतिक पुर्वाग्रहका आधारमा राजदुत फिर्तागरी प्रमुख विकास साझेदार चिन लगायतका मुलुकमा राजदुत नियुक्त गर्न उदासिन रहेको ।

स्थानिय तहको निर्वाचनको मितिका वारेमा निर्वाचन आयोगको सुझावलाई सम्वोधन गर्नवाट पन्छिएको । वैशाखमा स्थानिय तहको निर्वाचन गर्नुपर्ने जिम्मेवारीवाट विमुख हुनु खोजेको । चुनाववाट भाग्न खोज्ने गठवन्धनमा सामेल दलहरुवाट प्रभावित वन्न पुगेको ।

राज्यका तीनै अंगहरु कार्यपालिका,व्यवस्थापिका र न्यायपालिका प्रतिको जनआस्था र विश्वासमा गम्भिर विचलन ल्याउने काम भएको ।

प्रमुख प्रतिपक्षी दलसंगको न्युनतम् सहकार्यको वातावरण तयारगर्न असफल रहेको । प्रतिनिधिसभामा प्रतिपक्षले अघि सारेका जायज मागका वारेमा उदासिन बनेको ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर