भिजिट भिषामा खाडी राष्ट्र जान रोक

२०७८ माघ ७ गते १८:४६

काठमाडौं । सरकारले खाडी राष्ट्रहरु र मलेसियामा भिजिट भिषामा जान रोक लगाएको छ ।
माघ १० गतेबाट लागू हुने गरि पर्यटक भिषामा जान रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अर्को आदेश जारी नभएसम्मका लागि उक्त निर्णय कायम रहने जनाएको छ ।
कोरोना महामारीबीच भिजिट भिषामा गएकाहरु खाडीमा अलपत्र भइरहेको भन्दै त्यस्तो निर्णय गर्नुपरेको गृहले जनाएको छ ।
वैदेशिक रोजगारीका लागि पछिल्लो समय भिजिट भिषाबाट खाडी छिर्ने क्रम बढिरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर