६ महिनामा १ सय ७७ किलोमिटर सडक कालोपत्रे गर्यौ : प्रधानमन्त्री देउवा – Nepal Press

६ महिनामा १ सय ७७ किलोमिटर सडक कालोपत्रे गर्यौ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनेको ६ महिनामा देशभर १ सय ७७ किलोमिटर सडक कालोपत्रे भएको बताएका छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकारले गरेका कामको जानकारी दिंदै प्रधानमन्त्री देउवाले १ सय ७७ किलोमिटर सडक कालोपत्रे गरिएको बताएका हुन् ।

‘१ सय ७७ किलोमिटर सडक कालोपत्रे गरिएको छ । २३ सडक पुल निर्माण भई सुचारु भएका छन् भने ८२ वटा झोलुंगे पुल बनाइएको छ ’, देउवाले भने ।

सो क्रममा प्रधानमन्त्री देउवाले थानकोट–नागढुंगा सुरुङमार्गको २ किलोमिटर काम सम्पन्न भएको समेत जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर