तेस्रो चरणमै स्तब्ध भइन् साविक विजेता ओसाका – Nepal Press

तेस्रो चरणमै स्तब्ध भइन् साविक विजेता ओसाका

मेलबर्न । साविक विजेता नाओमी ओसाका वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अस्ट्रेलियन ओपनको तेस्रो चरणबाटै बाहिरिएकी छन् ।

जापानी मुलकी अमेरिकी ओसाकाले शुक्रबार भएको तेस्रो चरणको खेलमा अमेरिकाकै अमान्दा अनिसिमोभासँग हार ब्यहोरिन् ।

विश्व वरियतामा ६० औँ स्थानमा रहेकी अनिसिमोभाले ओसाकाको चुनौती ४-६,६-३ र ७-६ (१०-५) ले पन्छाइन् । अनिसिमोभासँग ओसाकाको यो पहिलो भिडन्त थियो । अनिसिमोभाले क्वाटरफाइनल प्रवेशका लागि अब आस बार्टीको सामना गर्ने तय भएको छ ।

ओसाकाले सन् २०१९ र २०२१ मा अस्ट्रेलियन ओपन जितेकी थिइन् । उनले सन् २०१८ र २०२० मा यूएस ओपन पनि जितेकी थिइन् । फ्रेन्च ओपन र विम्बल्डन भने उनले जित्न बाँकी छ । भने कुनैपनि ग्रान्डस्लाममा चौथो चरणभन्दा अगाडि बढ्न सकेकी छैनन् ।

अष्ट्रेलियन ओपनमा दोस्रोपटक प्रिक्वाटरफाइनल पुगेकी २० वर्षीया अनिसिमोभाले अन्य ग्रान्डस्लाममा भने तेस्रो चरणभन्दा अगाडिको यात्रा तय गर्न सकेकी छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर