तथ्यांकमा एकरुपता ल्याउन कृषि मन्त्रालयले चलायो अभियान – Nepal Press

तथ्यांकमा एकरुपता ल्याउन कृषि मन्त्रालयले चलायो अभियान

रुपन्देही । गएको कार्तिक महिनामा आएको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्‍याएपछि मूल्यांकल गर्न कठिनाई भयो । यकिन विवरण नआएका काररण क्षतिपूर्ति वितरणमा समस्या भैरहेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय काठमाडौंले अहिले कृषि तथ्यांक अद्यावधिक गर्न सफ्टवेर बनाएर प्रदेशहरुमा अभिमुखीकरण गरिरहेको छ ।

लुम्बिनी प्रदेशको कृषि निर्देशनालय र मन्त्रालयले रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाका स्थानीय तहका कृषि प्राविधिकहरुलाई कृषि तथ्यांक अद्यावधिकिरण सम्बन्धी अभिमुखीकरणको अभियान चलाएको छ ।

प्राविधिकहरुले स्थानीय तहका कृषि अधिकारीलाई दुई दिन तथ्यांक अद्यावधिक गर्न सिकाएका छन् । अद्यावधिक गरेको तथ्यांक प्रदेश र संघीय कार्यालयहरुले सच्याउन मिल्ने बनाइएको कृषि निर्देशनालयका सूचना अधिकारी राम पाण्डेले बताए ।

अब तथ्यांक अद्यावधिक भएपछि कृषिका योजना निर्माण र त्यसको सुपरिवेक्षण गर्न तीनै तहका सरकारलाई टेवा पुग्ने लुम्बिनी प्रदेशको कृषि निर्देशनालयका प्रमुख यमनारायण देवकोटाले बताए ।

संघीय संरचनामा जानुअघि जिल्लागत तथ्यांकमा एकरुपता थियो । तर अहिले स्थानीय तह, प्रदेश र संघको आपसी समन्वय अभावमा फरक फरक तथ्यांक सार्वजनिक हुने गरेको छ ।

स्थानीय सरकारले प्रदेश र संघलाई तथ्यांक सच्याउन सहयोग नगरेको उनीहरुको गुनासो छ । अब सफ्टवेयरको निर्माणपछि तथ्यांकमा एकरुपता आउने कृषि तथा पशुपन्छी विकास मन्त्रालय काठमाडौँका वरिष्ठ तथ्यांक अधिकृत राम कृष्ण रेग्मीले बताए ।

मन्त्रालयले यसअघि गण्डकी, मधेश प्रदेश र प्रदेश १ मा यो कार्यक्रम सञ्चालन गरिसकेको छ । अब चाँडै बाँकी तीन वटा प्रदेशमा कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *