नागरिक समाजको माग- मन्त्री यादवलाई पदमुक्त गरी कारबाहीको दायरामा ल्याइयाेस् – Nepal Press

नागरिक समाजको माग- मन्त्री यादवलाई पदमुक्त गरी कारबाहीको दायरामा ल्याइयाेस्

काठमाडौं । नागरिक समाजका अगुवाहरुले व्यक्तिहत्याको धम्की दिने भौतिक पूर्वाधारमन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् । डा. केदारनरसिंह केसी, चरण प्रसाई, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनिश्वर आचार्य र कनकमणि दिक्षितले नागरिक अपिल जारी गर्दै सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएकोप्रति आपत्ति प्रकट गरेका छन् ।

मन्त्री यादवले गत माघ ५ गते रौतहटमा आयोजित कार्यक्रममा ‘गौर हत्याकाण्ड’ दोहोरिन सक्ने चेतावनी दिएकी थिइन् । उनले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई धम्की दिँदै गौर हत्याकाण्ड जस्तै अवस्था भोग्नुपर्ने चेतावनी समेत दिएकी थिइन् ।

नागरिक अपिलमा गौर हत्याकाण्डको स्वीकारोक्ति र हिंसालाई प्रोत्साहन गर्ने अभिव्यक्ति दिने यादव मन्त्री पदमा रहन अयोग्य भएको दाबी गरिएको छ । ‘ बहालवाला मन्त्रीले व्यक्ति हत्याको धम्की दिनु र विगतका हत्याकाण्डमा सामेल भएको विषयलाई गर्वका साथ स्वामित्व लिनु मुलुकमा जारी दण्डहीनताको प्रतिफल हो ’, अपिलमा भनिएको छ ।

मन्त्री यादवको अभिव्यक्ति सार्वजनिक भएको ३ दिनसम्म नेपाल सरकारबाट कुनै चासो, चिन्ता वा सरोकार व्यक्त नहुनुले सरकारको धारणामाथि नै गम्भीर प्रश्न पैदा भएको बताइएको छ । उनीहरुले मुलुकमा कानूनी शासनको अनूभूति गराउन आवश्यक कदम चाल्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रहसमेत गरेका छन् ।

मुलुकमा कानूनको शासन कायम छ भन्ने अनुभूति जनतालाई गराउनु सरकारको पहिलो दायित्व हो र यसको अग्रसरता प्रधानमन्त्री शेरबहादुर देउवाले आफैं लिनु अतिआवश्यक छ । अतः हामी प्रधानमन्त्री देउवासमक्ष मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गरी कानूनी कारवाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं’, नागरिक अपिलमा भनिएको छ ।

नागरिक अपिल, जस्ताको तस्तै

हत्याकाण्डमा सामेल भएको स्वीकार गर्ने तथा व्यक्तिहत्याको धम्की दिने संघीय मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गर ।

२०७८ माघ ७

संघीय सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले यही २०७८ माघ ५ गते रौतहट जिल्लाको गौरमा आयोजित राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा व्यक्तिहत्या र सामाजिक हिँसा फैलाउने अभिव्यक्ति दिएकोप्रति हामी गम्भीर आपत्ति व्यक्त गर्दछौं ।

१. चर्चित ुगौर हत्या काण्डु २०६३ चैत ३ गते तत्कालीन मधेसी जनअधिकार फोरमको अग्रसरतामा घटाइएको सामूहिक हत्या थियो, जसमा २८ जना माओवादी समर्थक व्यक्तिहरुले अनाहकमा जीवन गुमाउनुपरेको थियो । वर्वर र पाशविक यस हत्याकाण्डका अभियुक्तलाई न्यायको कठघरामा अझैसम्म उभ्याउन नसकिएको र समाजमा दण्डहीनता कायमै रहेको अवस्थामा मन्त्री रेणु यादवको अभिव्यक्तिले उक्त हत्याकाण्डमा निजको दलको समेत सहभागिता भएको स्वीकारोक्ति सार्वजनिक भएको छ ।

२. मन्त्री रेणु यादवले माघ ५ गते आयोजित सोहीकार्यक्रममा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ९सीके राउत० को नाम लिएर राउतलाई गौर हत्याकाण्ड जसरी नै घेरा हाली ज्यान लिने धम्की दिएको तथ्यसमेत प्रमाणित हुने श्रव्य(दृश्य सामग्री सार्वजनिक भएके छ । मन्त्री पदको गरिमालाई नसुहाउने, आपराधिक मनोवृत्ति प्रष्ट पार्ने, पुरानो अपराध समेत सार्वजनिक रूपमा स्वीकार गर्ने रेणु यादव जनताप्रति उत्तरदायी कुनैपनि पदमा रहन अयोग्य भएको यसबाट स्वतस् स्पष्ट हुन्छ ।

३. बहालवाला मन्त्रीले व्यक्ति हत्याको धम्की दिनु र विगतका हत्याकाण्डमा सामेल भएको विषयलाई गर्वका साथ स्वामित्व लिनु मुलुकमा जारी दण्डहीनताको प्रतिफल हो । मन्त्री यादवको हिंसात्मक अभिव्यक्ति सार्वजनिक भएको तीन दिनसम्म नेपाल सरकारबाट कुनै चासो, चिन्ता वा सरोकार व्यक्त नहुनुले यस्तो हिंसात्मक सोच र कार्य संघीय सरकारको धारणा हो कि होइन भन्ने गम्भीर प्रश्न समेत पैदा भएको छ। मुलुकमा कानुनको शासन कायम छ भन्ने अनुभूति जनतालाई गराउनु सरकारको पहिलो दायित्व हो र यसको अग्रसरता प्रधानमन्त्री शेरबहादुर देउवाले आफैं लिनु अति आवश्यक छ । अतस् हामी प्रधानमन्त्री देउवा समक्ष मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गरी कानुनी कारवाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं ।

हस्ताक्षरकर्ता

१. डा. केदानरनरसिंह केसी

२. चरण प्रसाई

३. गणेशकुमार मण्डल

४. सुशील प्याकुरेल

५. तारानाथ दाहाल

६. इन्द्र अर्याल

७. महामुनीश्वर आचार्य

८. कनकमणि दीक्षित

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *