कोरोना जोखिमकाबीच विद्यालय निर्वाध सञ्चालन – Nepal Press

कोरोना जोखिमकाबीच विद्यालय निर्वाध सञ्चालन

सुर्खेत । कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले विभिन्न क्षेत्रमा निषेधको आदेश जारी गरेपनि कालिकोट जिल्लाको पलाता गाउँपालिकाले विद्यालय सञ्चालन गरिरहेको छ ।

कोरोनाको जोखिम बढेका कारण सरकारले विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । तर देशभरीका विद्यालय बन्द हुँदा पलाता पालिकाले भने आफ्नो क्षेत्रभित्रका विद्यालय सञ्चालन गरेपछि स्थानीय चिन्तित भएका छन् ।

विद्यालय उमेर समूहका बालबालिकाले समेत कोभिडविरुद्धको खोप नलगाएको अवस्थामा विद्यालय सञ्चालन गर्नु दुःखद भएको स्थानीयको भनाई छ ।

राप्रपा नेपाल पलाताका अध्यक्ष निराजन बमले पलाता सरकारको मनलाग्दीका कारण जोखिमा बढेको बताए ।

उनले भने, ‘सरकारले दिएको निर्देशन काठमाडौंलाई मात्रै होइन । कोरोनाका किटाणु आँखाले देखिने होइन । सरकारले दिएको निर्देशनलाई अपहेलित गरेर आफ्नो मनपरि रुपमा विद्यालय सञ्चालन गर्नु भनेको गैरजिम्मेवार कुरा हो ।’

उनले बालबालिकालाई कोरोनाबाट जोगाउनु पहिलो प्राथमिकता भएपनि सरकारको ध्यान त्यता नगएको बताए ।

विद्यालय सञ्चालनको विषयमा बुझ्न खोज्दा पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमसँग टेलिफोन सम्पर्क हुन सकेन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर