रेणु यादवले राउतलाई मार्ने नियतले अभिव्यक्ति दिएको होइनः राज्यमन्त्री यादव – Nepal Press

रेणु यादवले राउतलाई मार्ने नियतले अभिव्यक्ति दिएको होइनः राज्यमन्त्री यादव

जनकपुरधाम । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले भौतिक पूर्वाधारमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतको हत्या गर्ने नियतले अभिव्यक्ति नदिएको दावी गरेका छन् ।

हिंसात्मक अभिव्यक्ति दिएकी मन्त्री यादवको सर्वत्र आलोचना भइरहेको बेला राज्यमन्त्री यादवले आज जनकपुरमा पत्रकार सम्मेलन गरेर उनको बचाउ गरेका हुन् । उनले मन्त्री यादवले हिंसात्मक गतिविधि नगर्न सीके राउत र उनका कार्यकर्तालाई सुझाव दिएको दावी गरे ।

‘सीके राउतकै कार्यकर्ताले मन्त्री यादवसहित जसपा कार्यकर्तामाथि सांघातिक हमला गर्ने योजना बनाएको थियो’, जसपा नेता तथा राज्यमन्त्री यादवले दावी गरे, ‘बाटो छेकेर हमला गर्न खोज्ने १५/२० जना राउतका कार्यकर्ताका अगाडी हजारौं जसपाका कार्यकर्ता संवेदनशील नभएको भए अर्कै परिस्थिति सृजना हुने थियो ।’

राज्यमन्त्री यादवले किसान आन्दोलनको नाममा जनमत पार्टीले गैरलोकतान्त्रिक र अराजक गतिविधि गरिरहेको आरोप समेत लगाए । उनले भने, ‘रेमण्डको टाई र सुनको सिक्री लगाउने सिके राउतको किसान आन्दोलन नक्कली हो ।’

गौर नरसंकार नै दोहोर्‍याउने अभिव्यक्तिको सवालमा उनले भने, ‘गौर घटनामा हाम्रो पार्टीको संलग्नता छैन । जनताले प्रतिकार गर्दा त्यो घटना घटेको थियो । र मन्त्री ज्यूले गौर घटना नै दोहोर्‍याउने कुरै गर्नभएको छैन ।’

गौर क्रान्तिकारी भूमि भएकाे र यसरी हिंसात्मक गतिविधि गर्दा त्यस्तै घटना दाेहाेरिनसक्ने भएकाले त्यस्तो गैरलोकतान्त्रिक र अराजक गतिविवधि नगर्न मन्त्री यादवले चेतावनीमात्र उनकाे तर्क छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर