रेणु यादवलाई मन्त्रीबाट हटाउन योगेश भट्टराईको माग – Nepal Press

रेणु यादवलाई मन्त्रीबाट हटाउन योगेश भट्टराईको माग

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणु कुमारी यादवलाई पदबाट हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् ।

नेता भट्टराईले सामाजिक सन्जालमार्फत हिंसा भड्काउने र संविधाको बर्खिलाप भाषण गर्ने मन्त्रीलाई तत्काल हटाउन माग गरेका हुन् ।

भौतिक पूर्वाधारमन्त्री यादवले बुधबार रौतहट सदरमुकाम गौरमा आयोजित कार्यक्रममा अर्को गौर नरसंहार मच्चाएर जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या गर्ने धम्की दिएकी थिइन् ।

२०६३ चैत ३ गते गौरमा भएको हत्याकण्ड इतिहासकै एक बर्बर र जघन्य अपराधका रुपमा चित्रित छ । तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताले २७ जना माओवादी कार्यकर्ताको विभत्स हत्या गरेको सो घटनालाई राजनीतिकरण गरिएपछि अहिलेसम्म कसैलाई पनि कारबाही गरिएको छैन ।

एमाले नेता भट्टराईले लेखेका छन्, ‘प्रम शेरबहादुर देउवाले हिंसा भड्काउने र संविधानको बर्खिलाप भाषण दिने मन्त्री रेणु यादवलाई हटाउनुपर्‍यो या नेपाली कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नुपर्‍यो । अर्को बाटो छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर