बार्सिलोना कोपा डेल रे को प्रिक्वाटरफाइनलबाटै बाहिरियो – Nepal Press

बार्सिलोना कोपा डेल रे को प्रिक्वाटरफाइनलबाटै बाहिरियो

एजेन्सी । एथ्लेटिको बिल्वाओसँग अतिरिक्त समयमा ३-२ ले पराजित हुँदै बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ ।

बिहिवार राति भएको खेलमा पराजित भएसंगै साबिक विजेता बार्सिलोना उपाधिबाट बाहिरिएको हो ।

बिल्वाओको जितमा इकर मुनियनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे । मुनियनले १ सय ५औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरेका हुन् । बार्सिलोनाका फेरान टोरेस र पेड्रीले एक एक गोल गरे ।

निकै खराव लयबाट गुज्रिरहेको बार्सिलोनाका लागि यो अर्को झड्का हो । बार्सिलोना ला लिगामा छैठौं स्थानमा छ भने च्याम्पियन्स लिगबाट बाहिरिसकेको छ । जाभी नेतृत्वको बार्सिलोनाका लागि यो सिजन उपाधिको एउटा आशा युरोपा लिगमा मात्र छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *