धनगढीमा लागू औषधसहित ३ जना पक्राउ – Nepal Press

धनगढीमा लागू औषधसहित ३ जना पक्राउ

कैलाली । कैलालीको धनगढीमा लागू औषधसहित ३ जना पक्राउ परेका छन्। धनगढी उप-महानगरपालिका- २ स्थित ग्लोबल मोबाइल ग्यालरीमा लागू औषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका प्रहरीले ३ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनगढी-५ का पसल सञ्चालक दोर्णबहादुर रावल, २९ वर्षका का टेक बिष्ट र ३० वर्षीय मनिष भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीहरूको साथबाट १ ग्राम ५ सय ५० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले दाबी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर