सुदूरपश्चिममा एकै दिन थपिए ५ सय बढी संक्रमित, सक्रिय संक्रमितको सङ्ख्या ३ हजार नाघ्यो – Nepal Press

सुदूरपश्चिममा एकै दिन थपिए ५ सय बढी संक्रमित, सक्रिय संक्रमितको सङ्ख्या ३ हजार नाघ्यो

कैलाली । सुदूरपश्चिम प्रदेशमा एकै दिन ५ सय बढी संक्रमित थपिएका छन् । पछिल्लो २५ घण्टामा प्रदेशमा ५ सय ३४ जनामा कोरोना संक्रमण थपिएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

२ हजार २८६ जनाको परीक्षण गर्दा ५ सय ३४ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

२ सय ९५ जना एन्टिजेन र २ सय ३९ जनाको पीसीआरमार्फत संक्रमण पुष्टि भएको निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। आज थपिएकामध्ये १ सय ५५ जना संक्रमित भने आजै भारतबाट आएका नागरिक हुन्।

त्रिनगर-गौरीफन्टा नाकाबाट आएका ७४, गड्डाचौकी नाकाबाट आएका ७६, जुलाघाटबाट आएका ४ र पुलघाटबाट फर्केका एक जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेशमा सक्रिय संक्रमितको सङ्ख्या तीन हजार नाघेको छ। निर्देशनालयले तीन हजार २१ जना सक्रिय संक्रमित रहेको जनाएको छ। सबैभन्दा बढी कैलालीमा १ हजार ८४० जना सक्रिय संक्रमित रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर