चीनले नेपाललाई दियो कोरोना खोपका लागि २० लाख सुई, थप २ करोड सिरिन्ज खरिदको सम्झौता – Nepal Press

चीनले नेपाललाई दियो कोरोना खोपका लागि २० लाख सुई, थप २ करोड सिरिन्ज खरिदको सम्झौता

काठमाडौं । कोरोनाभाइरसविरुद्धको खोप लगाउन चीनले २० लाख परिमाणको सुई नेपाललाई प्रदान गरेको छ । चिनियाँ दुतावासको समन्वयमा चीनले नेपाललाई उक्त परिमाणमा खोप दिएको हो ।

सहयोग बापत उपलब्ध गराइएको सुईमध्ये ५० प्रतिशत अर्थात १० लाख परिमाण हिजो नै केरुङ नाका हुँदै नेपाल भित्रिएको छ । बाँकी १० लाख आज आइपुग्ने स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।

उनका अनुसार चीनले दिएका सिरिन्ज ०.५ एमएलको नर्मल साइजका हुन् । यी सिरिजलाई फाइजरबाहेककाकोभिडविरुद्धको हरेक खोपका लागि प्रयोग गर्न मिल्ने जनाइएको छ ।

यसैबीच स्वास्थ्य सेवा विभागले २ करोड ४ लाख सिरिन्ज खरीदको सम्झौता गरेको छ । सम्झौताअनुसार १५ दिन भित्र ५० लाख उपलव्ध गराउने आपूर्तिकर्ताले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर