तुलसी घिमिरेको टिप्पणी : साउथ इन्डियन फिल्मले नेपाली फिल्मको अस्तित्व मेट्न सक्दैन – Nepal Press

तुलसी घिमिरेको टिप्पणी : साउथ इन्डियन फिल्मले नेपाली फिल्मको अस्तित्व मेट्न सक्दैन

काठमाडौं । कोरोनाभाइरस महामारीले थलिएको नेपाली फिल्मलाई चलायमान बनाउन भन्दै निर्माता अर्जुन कुमारले आफू निर्मित ‘चपली हाइट ३’ रिलिजको घोषणा गरे ।

तर, सोही मितिमा दक्षिण भारतीय फिल्म ‘पुष्पा’ आउने निश्चित भएपछि निर्माता कुमारको टिप्पणी थियो : साउथ इन्डियन डब फिल्मले अब नेपाली फिल्मको अस्तित्व सकिने भयो ।’

कुमारको यो अभिव्यक्तिलाई लिएर नेपाली फिल्म वृत्तमा बहस र संवाद भए । कतिपयले कुमारको भनाइमा समर्थन जनाए भने कतिपयले ‘कठ्पुतली’ फिल्मको बक्सअफिस कलेक्सनलाई देखाउँदै कुमारको टिप्पणी हावादारी भएको बताए ।

के नेपाली फिल्म सकिने नै हो भन्ने कुमारको यो अभिव्यक्तिको बहसमा पाका निर्माता एवं निर्देशक तुलसी घिमिरे पनि जोडिएका छन् । एक टिभी अन्तवार्तामा घिमिरेले बलिउड र तलेगु फिल्मले नेपाली फिल्म नसकिने टिप्पणी गरेका छन् ।

‘नेपालमा तलेगु र बलिउड फिल्मले रेकर्ड बनाएको छैन । रेकर्ड बनाउने नेपाली फिल्मले नै हो’ घिमिरेले भने, ‘राम्रो फिल्म बनाएमा दर्शकले नहेरेको चाहिँ छैन । नेपाली फिल्म सकिँदैन भन्ने पक्षमा छु म ।’

निर्देशक घिमिरेले राम्रो फिल्म बनाउन निर्मातालाई सुझाव समेत दिए । ‘राम्रो फिल्म बनाए दर्शकको मनभित्र बस्छन् । बासुदेव, प्रेमपिण्ड र कन्यादान यसका उदाहरण हुन्’ उनले भने । ‘भुलेको छैन नि मान्छेले । नेपाली फिल्म मनभित्रै बस्छ । यो गर्न हिन्दी र तलेगु फिल्मले सक्दैन’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर