अमेरिकी एनआरएनसँग रेखा थापाको बिहे हुँदै – Nepal Press

अमेरिकी एनआरएनसँग रेखा थापाको बिहे हुँदै

काठमाडौं । सबै कुरा ठीकठाक भए आगामी बैशाखमा अभिनेत्री रेखा थापा बिहे बन्धनमा बाँधिने भएकी छिन् । उनी निकट स्रोतका अनुसार नयाँवर्षमा एक अमेरिकी गैरआवासीय नेपालीसँग उनले बिहे गर्न लागेकी हुन् ।

स्रोतका अनुसार ती युवकबीच रेखाको बिहेको मगनी अन्तिम चरणमा पुगेको छ । ‘सबै कुरा ठीकठाक भए फागुनमा इन्गेजमेन्ट र बैशाखमा बिहे हुने तयारी छ’ स्रोतले नेपाल प्रेसलाई भन्यो ।

३९ वर्षिया रेखाले बिहेको लागि अहिले तयारी गरिरहेकी छिन् । फिल्म निर्माता छवि ओझासँग पहिलो बैबाहिक सम्बन्ध टुंगिएयता रेखा सिंगल थिइन् । हालैको एक टिभी अन्तवार्तामा पनि रेखाले आफूले लभ र एरेन्ज बिहे गर्न लागेको बताएकी थिइन् ।

स्रोतका अनुसार रेखाको बिहेका लागि परिवारले तयारी गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *