किन टोलीमा परेनन् सोमपाल ? – Nepal Press

किन टोलीमा परेनन् सोमपाल ?

काठमाडौं । घुँडामा देखिएको चोटका कारण सोमपाल कामीले टी-२० विश्वकप छनोटका लागि नेपाली टोलीमा स्थान बनाउन नसकेको पाइएको छ । प्रधानमन्त्री कप क्रिकेट दौरान घाइते भएका सोमपालको एमआरआई रिपोर्टका आधारमा चिकित्सकले कम्तीमा एक साता आराम गर्न सल्लाह दिएका छन् ।

‘चिकित्सकले एन्टी इन्फ्लामेटरी दिनुभएको छ। एक सातापछि पनि दुखाइ कम भएन भने थप उपचार गर्नुपर्ने हुन्छ । नत्र विस्तारै रिह्याब गर्नुपर्ने हुन्छ’, स्रोतले भन्यो ।

सोमपाल नेपाली टोलीका अनुभवी सदस्य हुन् । टी-२० क्रिकेटमा उनको अलराउन्ड क्षमता नेपालका लागि थुप्रैपटक उपयोगी भएको छ । सन् २०१४ मा भएको टी-२० क्रिकेटमा सोमपालले बेजोड बलिङ प्रदर्शन गरेका थिए । त्यसयता उनी नेपाली टोलीमा नियमित रहँदै आएका थिए ।

सोमपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १० औँ नम्बरमा आएर सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यानको विश्वकीर्तिमान पनि बनाएका थिए ।


प्रतिक्रिया

One thought on “किन टोलीमा परेनन् सोमपाल ?

  1. सायद खेलकुद मन्त्रीले सिफारिस गरेनन् । सबैलाई उनैले गरेका रे । पैसा लेनदेन पनि छ कि छानबिन हुनुपर्छ किनकि यी पैसा कमाउन आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *