मन्त्रीको हिंसात्मक अभिव्यक्ति- अर्को गौर नरसंहार मच्चाएर सीके राउतको हत्या गर्ने चेतावनी (भिडिओ) – Nepal Press

मन्त्रीको हिंसात्मक अभिव्यक्ति- अर्को गौर नरसंहार मच्चाएर सीके राउतको हत्या गर्ने चेतावनी (भिडिओ)

जनकपुरधाम । संघीय सरकारको महत्वपूर्ण मन्त्रालय सम्हालिरहेकी भौतिक पूर्वाधार मन्त्री तथा जनता समाजवादी पार्टीकी नेता रेणु यादवले हिंसा भड्काउने आपत्तिजनक अभिव्यक्ति दिएकी छन् ।

मधेश बलिदान दिवसका अवसरमा बुधबार रौतहटको गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतप्रति आक्रोशित बनेकी यादवले अर्को गौर नरसंहार मच्चाउने चेतावनी दिएकी हुन् ।

बहालवाला मन्त्रीले नरसंहार मच्चाउने र एउटा पार्टीको अध्यक्षको हत्या गर्ने खुलेआम धम्की दिनु सामान्य घटना होइन । मन्त्री यादवकै पार्टी तत्कालीन मधेशी जनअधिकार फोरमले रौतहटको गौरमा २०६३ सालमा भाला रोपेर २७ जना माओवादी कार्यकर्ताको सामूहिक हत्या गरेका थिए ।

सो नरसंहारलाई गौरवका रूपमा स्मरण गर्दै मन्त्री यादवले सीके राउतले फणा उठाएमा त्यही हालत हुने चेतावनी दिएको भिडिओ अहिले भाइरल भएको छ । हिन्दीमा भाषण गर्दै मन्त्री यादवले तफुानसँग टकराउने कोसिस गरेमा सीके राउत पनि मारिन सक्ने आपत्तिजनक अभिव्यक्ति दिएकी छन् ।

उनले भनेकी छन्-

मौवाली फौवाली त मधेस विद्रोहमा अन्त्य भइसकेको छ । र इतिहास त्यहाँ राइस मिल अहिले पनि जिवित छ । यो गौर एतिहासिक जिल्ला हो । गौरमा भाटा चलाउने प्रयास नगरिओस् । यहाँ लाठी (भाटा) नचाउन आउँछ । यो लाठी चलाएपछि तपाईको लाठीको त्यही टुक्रा टुक्रा पारेर तपाईकै हातमा राखेर घरमा लगी थन्काइ दिइनेछ ।
हामीले आज त्यो गर्यौं, बलिदानी दिवसको दिन हिंशा होइन् । आज हिंसा गर्नुछैन । आज हामी बलिदानी दिवस मनाउन आएका छौं । र भोली हामी यहाँको सडक भिजिट गर्छौं । यदि तुफानसँग टक्रायौ भने तपाईको त्यही हालत हुन्छ( जो गौरको राइस मिलमा भयो । त्यो इतिहासलाई नभुल्नुस् ।
म डाक्टर साहेबलाई यतैबाट भन्छु कोही एक विरामी मरिहाल्छन् । र तपाईलाई घेराबन्दी पारेर मारिदिन्छन् । ……….त्यसैले सतर्क भइहाल्नुस् । यो कलेजोमा ताकत छ, यो धर्तीको भैंसी र गाईको दुध खाएका छ भने सिंहदरबार गएर घेर्नुस् । अमेरिकामा फास्टफुड खाएको होला, हरियो साग सब्जी खाएछौं होला । तर जसको नशामा दुधका खुन बनेको छ । ताकत छ । त्यसलाई कहिले केहि हुन सक्दैन । याद राख्नुहोला ।


प्रतिक्रिया

One thought on “मन्त्रीको हिंसात्मक अभिव्यक्ति- अर्को गौर नरसंहार मच्चाएर सीके राउतको हत्या गर्ने चेतावनी (भिडिओ)

  1. Grb na garnush tapai yo tapaiko abhi bekti matra ho ra yo hami sabai jantaa lai thaah xa jati lutnu thiyo madhes lai lutnu bhayo aba koi bhandafor gari rahexa bhàne dar kina mantri jyu

Leave a Reply to Sahil khan Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर