भक्तपुरकी प्रजिअ शर्मा अनुगमनमा, पाँच सय गाडीमाथी कारवाही, १५२ जनालाई जरिवाना


काठमाडौं । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा जिल्लाका विभिन्न ठाउँमा प्रशासनले जारी गरेकाे आदेश कार्यान्वयन गरे नगरेको अवस्थाका विषयमा अनुगमन गरेको छ । अनुगमनका क्रममा विभिन्न ठाउँमा साना तथा ठुला गरेर पाँच सय सवारी साधनलाइ कारवाही गरिएको छ भने १ सय ५२ जना मास्क नलगाउने एक सय रुपैयाँका दरले जरिवाना तिराइएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।
अनुगमनमा गएको टोलीले काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा नाका, सुर्यविनायक चोक, भक्तपुरको राधेराधेमा लगायतका ठाउमा अनुगमन गरेको र आदेशको उल्लघन गर्ने सवारी साधन र व्यक्तिलार्य कारवाही गरेको प्रमुख जिल्ला अधिकारी शर्माले नेपाल प्रेसलाई जानकारी दिईन । उनका अनुसार टोलीले भक्तपुरको राधेराधेमा रहेको भाटभटेनीमा २५ जना भन्दा बढी मानीस भेटेपछि उक्त स्टोरलाई जरिवाना तिराएर कारवाही गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शर्माको नेतृत्वमा गएको अनुगमन टोलीमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) शिबकुमार श्रेष्ठ, नेपाली सेनाको इन्द्र बक्स गणका गणपती श्यामराजा थापा, राष्ट्रिय अनुसन्धान विभागका भक्तपुर जिल्लाका प्रमुख टेकराज तिमिल्सेना लगायत सहभागि भएका थिए ।