रुपन्देही प्रशासनमा अत्यावश्यकबाहेकका सेवा बन्द – Nepal Press

रुपन्देही प्रशासनमा अत्यावश्यकबाहेकका सेवा बन्द

रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । केही कर्मचारी कोरोना संक्रमित र केहीमा मिल्दाजुल लक्षण देखिएपछि जिल्ला प्रशासन कार्यालयले बुधबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गरेको जनाएको छ ।

संक्रमण थप नफैलियोस् भनेर तत्कालका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । प्रशासनले जारी गरेको सूचनामा कोभिडको बढ्दो संक्रमणका कारण कार्यालयका अधिकांस कर्मचारी संक्रमित भई हाल आइसोलेसनमा रहेको जनाइएको छ ।

सूचनामा अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीलाई खोप कार्ड अनिवार्य गरिएको छ । बुधबार नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र बनाउनेको प्रशासनमा बाक्लो भीड थियो । प्रशासनमा सेवा लिन पुगेकाले भौतिक दूरीको पालना गरेका थिएनन् ।

सूचनामा प्रशासनले सेवा लिन आउने सेवाग्राहीको भीड अत्ययिधक हुंदा संक्रमण थप फैलने जोखिमसमेत बढेको उल्लेख गरेको छ । प्रमुख जिल्ला अधिकारी तिवारीले नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, दर्ता÷नविकरण, पेन्सन सिफारिस÷प्रमाणित, नाबालक परिचय पत्र लगायतका सेवाहरु अर्को सूचना जारी नहुंदासम्मका लागि स्थगन गरिएको जानकारी दिए । शान्ति–सुरक्षा, मुद्दा लगायत अत्यावश्यक सेवा भने सुचारु हुनेछन् ।

प्रमुख जिल्ला अधिकारी तिवारीका अनुसार धेरै कर्मचारीहरु विरामी परेका छन् । अर्कातर्फ सेवाग्राहीको भीड बढ्दो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर