‘विद्यार्थीको शिक्षा र स्वास्थ्य सम्बन्धी अधिकारप्रति संवेदनशील बन’ – Nepal Press

‘विद्यार्थीको शिक्षा र स्वास्थ्य सम्बन्धी अधिकारप्रति संवेदनशील बन’

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले विद्यार्थीहरुको शिक्षा र स्वास्थ्य सम्बन्धी अधिकारप्रति संवेदनशील बन्न आग्रह गरेको छ ।

काठमाडौंको कान्तिपुर इन्टरनेशनल कलेजमा विद्यार्थी र प्रहरीबीच परीक्षा सञ्चालनको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै आयोगले यस्तो आग्रह गरेको हो ।

कोरोना संक्रमणको दर बढिरहेको अवस्थामा परीक्षा सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नभएको पाइएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिनुपरेको आयोगले जनाएको छ ।

आयोगको टोलीले गरेको अनुगमनमा कोरोनाको जोखिमलाई ध्यान नदिएको पाइएको र परीक्षाहरु अनलाईन वा अन्य वैकल्पिक माध्यमबाट गर्नुपर्ने माग राखेको पाइएको बताएको छ ।

बुधबार काठमाडौंको बुद्धनगरमा रहेको कान्तिपुर इन्टरनेशनल कलेजमा विद्यार्थीहरुले बिएएलबि चौथो वर्षको परीक्षा अनलाईनबाट सञ्चालन हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए । प्रहरीसँग झडप हुँदा एकजना घाइते भएका छन् । ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर