पूर्वप्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा निधन – Nepal Press

पूर्वप्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा निधन

काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको ८८ वर्षको उमेरमा बुधबार निधन भएको छ । शर्मा २०५४ चैत देखि २०५६ मंसिर ३० गतेसम्म नेपालको प्रधानन्यायाधीश थिए ।

२०३१ सालमा जनसेवा पदक र २०३४ सालमा गोरखा दक्षिण वाहुबाट सम्मानित शर्माले २०१५ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए । २०१७ सालमा कानूनमन्त्रालयको शाखा अधिकृतबाट बढुवा हुँदै उनी विभिन्न अदालतको न्यायाधीश भएका थिए ।

शर्माको अन्तिम संस्कार भने तीन दिनपछि हुने भएको छ । छोरा क्यानडाबाट आउनका लागि समय लागेकाले अन्त्येष्टि ढिला हुने भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर