म्याक्सवेलको १५४ रन- गेलको याद बिर्साउने पारी – Nepal Press

म्याक्सवेलको १५४ रन- गेलको याद बिर्साउने पारी

काठमाडौं । अस्ट्रेलियामा जारी बिग बास लिग (बीबिएल) क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा मेलबर्न स्टार्स र होबर्ट हुरिकेन्स भिडिरहेका छन् ।

पहिला ब्याटिङ गरेको स्टार्सले दुई सय ७४ रनको विशाल लक्ष्य दिएको छ । स्टार्सका ग्लेन म्याक्सवेल एक्लैले अविजित एक सय ५४ रन बनाए । उनले ६४ बलमा चार छक्का र २२ चौका प्रहार गरे ।

सन् २०१३ मा क्रिस गेलले इन्डियन प्रिमियर लिगअन्तर्गत पुने वारियर्सविरुद्ध एक सय ७५ रनको पारी खेलेका थिए । त्यतिबेला बैंगलोरले दुई सय ६४ रनको लक्ष्य दिएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलबाट मान्यताप्राप्त फ्रेन्चाइज टी-२० प्रतियोगितामा यो नै व्यक्तिगत उच्च योगफल हो ।

गेलले ६६ बलमा १७ छक्का र १३ चौका प्रहार गरेका थिए । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा व्यक्तिगत उच्च पारी एक सय ७२ रनको छ ।
सन् २०१८ मा अस्ट्रेलियाका एरोन फिन्चले जिम्बावेविरुद्ध ७६ बलमा १० छक्का र १६ चौका प्रहार गर्दै उक्त पारी खेलेका थिए ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानका हज्रतुल्लाह जजाईले एक सय ६२ र फिन्चले नै एक सय ५६ रन पनि बनाएको इतिहास छ ।

टीट्वेन्टी क्रिकेटमा म्याक्सवेलअघि हेमिल्टन मासाकाद्जाले एक सय ६२, एडम लिथले एक सय ६१ र ब्रेन्डन म्याककुलुमले एक सय ५८ (दुईपटक) बनाएको इतिहास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *