काठमाडौं उपत्यकामा बुधबार थपिए ६३४३ संक्रमित – Nepal Press

काठमाडौं उपत्यकामा बुधबार थपिए ६३४३ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यका कोरोनाभाइरस हटस्पट बनेको छ । मुलुकमा पुष्टि भएका कूल संक्रमित मध्ये आधाभन्दा काठमाडौं भक्तपुर र ललितपुरका हुने गरेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ हजार ३४३ जना संक्रमित थपिएका छन् । जसमध्ये भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जना संक्रमित भएका हुन् ।

पछिल्लो २४ घण्टामा मुलुकमा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर