सरकारले भन्यो : सिटामोल अभाव छैन, सरकारी र निजी भण्डारणमा पर्याप्त छ – Nepal Press

सरकारले भन्यो : सिटामोल अभाव छैन, सरकारी र निजी भण्डारणमा पर्याप्त छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले मुलुकमा सिटामोलको अभाव नरहेको बताएको छ । मन्त्रालयद्धारा आयोजित नियमित प्रेस ब्रिफिङमा सहप्रवक्ता समीर अधिकारीले सरकारी भण्डारणमा १० लाख प्यारासिटामोल रहेको बताए ।

निजी मेडिकलहरुमा अझै १ करोड सिटामोल रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताए । सिटामोल अभाव भए नेसनल औषधी लिमिटेडसँग सीधै सिटामोल खरिद गर्न सकिने उनको भनाई छ ।

निकट भविष्यमा अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गरेर सरकारले सिटामोल खरिद प्रक्रिया अघि बढाएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर