सन्दीप विकेटविहीन : हुरिकेन्सलाई मेलबर्नले दियो २ सय ७४ रनको कीर्तिमानी लक्ष्य – Nepal Press

सन्दीप विकेटविहीन : हुरिकेन्सलाई मेलबर्नले दियो २ सय ७४ रनको कीर्तिमानी लक्ष्य

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) मा मेलवर्न स्टार्सविरुद्धको खेलमा विकेट विहिन भएका छन् ।

मेलबर्न क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको होवर्ट हुरिकेन्सका लागि सन्दीपले चार ओभर बलिङ गर्दै ५२ रन खर्चिए ।

आफ्नो स्पेलको पहिलो ओरमा १८ रन खर्चेका सन्दीपले दोस्रो ओभरमा उनीविरुद्ध मेलबर्नका ब्याटरले ८ रनमात्र जोडेका थिए । तेस्रो ओभरमा चार रन मात्रै खर्चेका उनले अन्तिम ओभरमा सर्वाधिक २२ रन खर्चिए ।

मेलबर्नले २० ओभरमा २ विकेट गुमाएर सन्दीपको हुरिकेन्सलाई २ सय ७४ रनको लक्ष्य दिएको छ ।

पहिला ब्याटिङ गरेको मेलवर्नका लागि ग्लेन म्याक्सवेलले आक्रामक ब्याटिङ गरेका थिए ।

उनले ६४ बलमा २२ चौका र ४ छक्कासहित सर्वाधिक १ सय ५४ रनको योगदान गर्दै उत्कृष्ट इनिङ खेले । जोय क्लार्क ३५ रन जोडेर पेभेलियन फर्किदा मार्कस स्टोनिस ७५ रन बनाएर अविजित रहे ।

हुरिकेन्सको वलिङमा जोस कान र जोर्डन थोम्पसनले समान १ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *