कोरोनाले राष्ट्रियसभाको निर्वाचन नरोकिने, संक्रमितले पनि भोट हाल्न पाउने (मापदण्डसहित) – Nepal Press

कोरोनाले राष्ट्रियसभाको निर्वाचन नरोकिने, संक्रमितले पनि भोट हाल्न पाउने (मापदण्डसहित)

काठमाडौं । कोभिड–१९ को संक्रमण रोक्न भन्दै हालै सरकारले सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन नपाउने नियम ल्याएको छ । त्यो व्यवस्था हिजो रातीदेखि देशभर लागू भइसकेको छ । तर, यही कारणले पूर्व निर्धातिर राष्ट्रियसभाको निर्वाचन भने नरोकिने भएको छ ।

१२ माघमा राष्ट्रियसभाको चुनाव हुँदैछ। ७ वटै प्रदेश राजधानीमा निर्वाचन सम्पन्न हुनेछ । स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेश सांसद मतदाता हुने भएकाले चुनावमा सरकारले तोकेको २५ जना नियम लागू नहुने देखिएको हो ।

प्रमुख निर्वाचन आयुक्त दीनेश थपलिया यो कारणले चुनाव स्थगित हुने वा सर्ने अवस्था नभएको बताउँछन् । बरु प्रयाप्त स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर भए पनि चुनाव गराइने उनको भनाइ छ ।

‘निर्वाचन रोकिदैन,’ थपलियाले भने, ‘स्वाथ्य सुरक्षा मापदण्ड अपनाइन्छ । हामीले हिजो नै १९ बुँदे मापदण्ड स्वीकृत गरेका छौं ।’

गत शुक्रबार भएको सर्वदलीय बैठकमा राष्ट्रियसभा निर्वाचनमा मतदान केन्द्र बढाउनुपर्ने सुझाव दलहरुले दिएका थिए ।

प्रमुख आयुक्त थपलियाले प्रदेश राजधानीमै चुनाव गराउने भन्ने कानूनी प्रावधानका कारण बाहिर मतदान केन्द्र राख्न नसकिने तर तोकिएकै ठाउँमा मतदान केन्द्र भने थपिने बताउँछन् ।

‘प्रदेश राजधानीमै भोट हाल्नुपर्छ भन्ने कानून छ,’ थपलियाले नेपाल प्रेससँग भने, ‘उदारणका लागि विराटनगरलाई धनकुटा वा इलाम लगिनुपर्छ भनेर मिल्दैन । प्रदेश राजधानीमै चाहिँ मतदान केन्द्रहरु थप्न मिल्छ ।’

आयोगले तोकेको क्षेत्रमै लि खुला ठाउँ चाहिन्छ त्यसलाई उपयोग गर्न सकिने उनको भनाइ छ ।

१९ बुँदे सुरक्षा मापदण्ड

कोरोना संक्रमणको त्रासबीच नै चुनाव गराउन गइरहेको आयोगले स्वाथ्य सुरक्षा मापदण्ड अपनाउने भएको छ ।

मापदण्डमा मतदान केन्द्रमा स्वाथ्यको एउटा टिम बस्ने, मतदान केन्द्रमा प्रवेश गर्ने सबैको ज्वरो जाँच हुने, संक्रमित भर आएका मतदातालाई निसंक्रमित गरेर छुट्टै बाकसमा भोट हाल्ने प्रबन्ध मिलाउने लगायतका कुरा उल्लेख छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर