गोकुलको प्रश्न– माटोको टीका लाउने, दाह्रा किट्ने र मुखमा कालो टेप टाँस्नेहरु किन वेपत्ता भए ? – Nepal Press

गोकुलको प्रश्न– माटोको टीका लाउने, दाह्रा किट्ने र मुखमा कालो टेप टाँस्नेहरु किन वेपत्ता भए ?

गगन थापा, रामकुमारी झाँक्री र नारायण वाग्लेहरुप्रति बास्कोटाको व्यंग्य

काठमाडौं । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्व मन्त्री गोकुल बास्कोटाले २४ लाख डोज खोप गायब हुँदा र देशको सिमानामा विदेशीले एकलौटी सडक बनाउँदा पनि बिगतमा केपी ओली सरकारलाई प्रश्न गर्ने नागरिक समाज र युवा नेताहरु बेपत्ता भएको टिप्पणी गरेको छ ।

बास्कोटाले नारायण वाग्ले, गगन थापा र रामकुमारी झाँक्रीहरुप्रति लक्षित गर्दै ओली सरकार हुँदा सधैजसो सडकमा ड्रम ठोक्ने,निधारामा माटोको टीका लगाउने र दाह्रा किट्दै सरकार चलाउन सिकाउने युवा नेता बेपत्ता हुनु संयोगमात्र हो भनी प्रश्न गरेका छन् ।

बास्कोटाको प्रश्न छ– खोप गायब हुंदा,देशभित्र विदेशीले एकलौटी सडक बनाउदा मुखमा टेप टांसेर बस्दा अनि स्थानीय तहको चुनाब घोषणा नगर्दा ओली सरकार हुंदा सधैंजसो सडकमा ड्रम ठोक्ने,निधारमा माटोको टीका लाउने र मण्डलामा सरकार चलाउन सिकाउदै दाह्रा किट्ने फण्डीत र युवानेता पनि बेपत्ता हुनु संयोग मात्रै होला त ?

एमाले नेता बास्कोटाले विगतमा बोल्न पाइन्छ भन्दै मुखमा कालो टेप बाँधेर ओलीको विरोध गर्ने रामकुमारी झाँक्रीले अहिले कालापानी र लिपुलेकको विषयमा बोल्ने काम अभियन्ताको भन्दै पन्छिएकोमा समेत प्रश्न उठाएका छन् ।

बास्कोटाले व्यंग्य गर्दै भनेका छन्– एक सच्चा देशभक्त परमादेशी मन्त्रीले मुखमा बेरेको कालो टेप खोलेर बोलेको सुनियो ९ कालापानी क्षेत्रबारे मन्त्री बोल्न मिल्दैन,अभियन्ताले मात्र बोल्न मिल्छ।धन्य, हाम्रो अग्रगामी सरकार १ तिमी छौ र त हाम्रो देशभक्ति र लोकतन्त्र बांचेको छ।

पछिल्लो पटक सरकारका सचिवले नै २४ लाख खोप गायब भएको स्वीकार गरेका छन् भने १ करोड डोज केपी ओली सरकारकै पालमा आएको खोप समेत सरकारले भण्डारण गरेर राखेको छ ।

विगतमा ओली सरकारविरुद्ध कमलपोखरीको माटोको टीका लगाएर माइतीघर मण्डलाबाट सरकार चलाउन सिकाउनेहरु अहिले परमादेशी सरकारको मतियार बनेको उनको आरोप छ ।


प्रतिक्रिया

2 thoughts on “गोकुलको प्रश्न– माटोको टीका लाउने, दाह्रा किट्ने र मुखमा कालो टेप टाँस्नेहरु किन वेपत्ता भए ?

  1. यी किन बाेल्थे ? यिनलाई दलाली गर्नु र कमाउनुसँग मात्र मतलव छ । अरू राष्ट्रपति भए, मन्त्री भए आफू हुन पाईएन भनेर पार्टी फुटाएर भए पनि मन्त्री खानुपर्ने जस्ता चरम अनैतिकबाट के आश गर्नु ? अर्का दुई त अमेरकी दलाल हुन् । एउटाकाे त मानसिक समस्या पनि छ कि जस्ताे लाग्छ । यस्ताहरूबाट केहि हाेला भनेर आश गर्नु नै मूर्खता हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर