विदेशी विद्यार्थीले सातामा २० घण्टा भन्दा बढी काम गर्न पाउने, तीन हजार नेपाली विद्यार्थी लाभान्वित हुने – Nepal Press
कामदार अभाव खेपिरहेको अष्ट्रेलियाको निर्णय

विदेशी विद्यार्थीले सातामा २० घण्टा भन्दा बढी काम गर्न पाउने, तीन हजार नेपाली विद्यार्थी लाभान्वित हुने

काठमाडौं । कोभिड-१९ महामारीको कारण कामदारको चर्को अभाव खेपिरहेको अष्ट्रेलियाले आजदेखि लागू हुने गरी केही नयाँ नियम लागू गरेको छ ।

प्रधानमन्त्री स्कट मरिसनले आजदेखि आगामी आठ सातासम्म अष्ट्रेलिया भ्रमणमा जाने विदेशी कामदार र विद्यार्थीको लागि आकर्षक नियम ल्याएका हुन् । उनका अनुसार भिसा शुल्कमा छूट दिइने छ भने विद्यार्थी र विदेशी कामदारले सातामा २० घण्टाभन्दा बढी समयसम्म काम गर्न पाउनेछन् ।

सोमबार बसेको अष्ट्रेलियाली मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको थियो । काठमाडौंस्थित अष्ट्रेलियाली दूतावासले आजदेखि आठ हप्तासम्म यो नियम लागू हुने जनाएको छ ।

राजदूत फेलोसिटी भल्कले नेपाली विद्यार्थीको लागि यो खुशिको कुरा भएको जनाएकी छिन् । अहिले अष्ट्रेलियाको भिसा शुल्क ६०० डलर छ । यो भिसा शुल्कमा छूट दिने निर्णय भएको हो ।

अष्ट्रेलिया सरकारको यो निर्णयपछि भिसाको पर्खाइमा रहेका झन्डै तीन हजार नेपाली विद्यार्थी लाभान्वित हुन पाउने भएका छन् । इक्यानका पूर्वअध्यक्ष विष्णुहरि पाण्डेले अष्ट्रेलिया सरकारको उक्त निर्णयपछि नेपाली विद्यार्थीले फाइदा उठाउन सक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर