परीक्षा स्थगित गर्न माग गर्ने परीक्षार्थी र प्रहरीबीच झडप, ९ जना पक्राउ – Nepal Press

परीक्षा स्थगित गर्न माग गर्ने परीक्षार्थी र प्रहरीबीच झडप, ९ जना पक्राउ

काठमाडौं । कोरोना महामारीको कारण परीक्षा स्थगित हुनुपर्ने माग गर्दै परीक्षार्थीले बुधबार बुद्धनगरस्थित कान्तिपुर कलेजमा प्रदर्शन गरेका छन् । त्यसक्रममा प्रहरीसँग झडप पनि भएको छ ।

प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।

‘उनीहरु बाहिरको मान्छे भएको बुझिएको छ। परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ’, एसपी मैनालीले भने ।

प्रदर्शनकारीले प्रहरीको गाडीमा हानेपछि दुई पक्षबीच झडप भएको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर