नोबेल मेडिकल कलेजका विद्यार्थी काठमाडौंमा, केएमसीका विद्यार्थीसँग मिलेर थप आन्दोलन गर्ने – Nepal Press

नोबेल मेडिकल कलेजका विद्यार्थी काठमाडौंमा, केएमसीका विद्यार्थीसँग मिलेर थप आन्दोलन गर्ने

काठमाडौं । अतिरिक्त शुल्क असुल्दै आएको विराटनगरस्थित नोबेल मेडिकल कलेजका एमबीबीएस अध्ययनरत विद्यार्थी सरकारलाई दबाब दिन काठमाडौं आएका छन् । चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक मनिश भट्टराईको नेतृत्व १६ जना विद्यार्थीको टोली काठमाडौं आएको हो ।

कलेजको मनोमानीविरुद्ध लड्नका लागि काठमाडौं आएको विद्यार्थी आयुष खड्काले बताए । उनले काठमाडौं मेडिकल कलेजका पीडित विद्यार्थीसँग मिलेर सँगसँगै आन्दोलन गर्ने पनि बताए ।

नोबेल मेडिकल कलेजले विद्यार्थीहरुलाई अतिरिक्त शुल्क तिर्न दबाब दिँदै आएको छ । काठमाडौं मेडिकल कलेज र नोबेलका विद्यार्थी ५० दिनदेखि आन्दोलनरत छन् ।

यसअघि शुल्क विवाद सल्टाउन शिक्षामन्त्री, प्रमुख जिल्ला अधिकारी, पीडित विद्यार्थी, कलेज सञ्चालक, चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालयका पदाधिकारीबीच वार्ता भएको थियो । कलेज प्रशासनले अतिरिक्त शुल्क तिर्नैपर्ने बताएपछि वार्ता असफल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर