कोटेश्वरमा मोटरसाइकललाई ठक्कर दिएर भागेको टिप्पर भेटियो – Nepal Press

कोटेश्वरमा मोटरसाइकललाई ठक्कर दिएर भागेको टिप्पर भेटियो

काठमाडौं । मंगलबार राती कोटेश्वरमा मोटरसाइकललाई ठक्कर दिएको टिप्पर कीर्तिपुरमा लुकाएर राखेको अवस्थामा भेटिएको छ।

नम्बर नखुलेको टिप्परले प्रदेश नं ३-०२-०२६ प १८२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङको पथरी स्थायी घर भएका २७ वर्षीय प्रकाश लिम्बुको मृत्यु भएको थियो ।

मोटरसाइलमा सवार ३१ वर्षीय देव लामा घाइते भएका थिए । उनको उपचार भइरहेको काठमाडौंं प्रहरी परिसरले जनाएको छ।

सीसीटिभी फुटेजका आधारमा ठक्कर दिने टिप्परलाई बुधबार बिहान कीर्तिपुरको सुन्दरीघाटबाट नियन्त्रणमा लिइएको हो ।

ना १ क ४५०२ नम्बरको टिप्पर र त्यसका चालक ५२ वर्षीय सुब्बा श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केही साताअघि पनि काठमाडौं प्रहरीले ठक्कर दिएर भागेको सवारी साधनलाई सीसीटिभी फुटेजका आधारमा नियन्त्रणमा लिएको थियो । त्यस घटनामा एक पैदल यात्रीको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर