कोभिड महामारी तत्काल अन्त्य हुँदैन : डब्लुएचओ – Nepal Press

कोभिड महामारी तत्काल अन्त्य हुँदैन : डब्लुएचओ

निर्देशकले भने : ओमिक्रोनले केही गर्दैन भनेर हल्ला फैलाइयो

जेनेभा । विश्व स्वास्थ्य संगठनका निर्देशक डा. टेड्रोस गेब्रेससले कोभिड-१९ महामारी तत्काल अन्त्य नहुने बताएका छन् । नियमित प्रेस ब्रिफिङमा बोल्दै उनले ओमिक्रोन भेरिएन्टबाट जोखिम उच्च रहेको भन्दै खेलाँची नगर्न आग्रह गरे ।

‘यो महामारी तत्काल अन्त्य हुने कुनै सम्भावना छैन’ विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा उनले भने ।

ओमिक्रोन ‘माइल्ड’ खालको भाइरस भनेर खेलाँची नगर्न उनले आग्रह गरे । गत नोेभेम्बरमा दक्षिण अफ्रिकामा पहिलोपटक ओमिक्रोन भेरिएन्ट पुष्टि भएको थियो ।

‘ओमिक्रोन भेरिएन्ट अघिल्ला प्रजातिभन्दा निकै संक्रामक छ’ उनले भने, ‘तर, गम्भिर खतरा उत्पन्न गराउने सम्भावना चाहिँ छैन ।’ उच्च संख्यामा भाइरस संक्रमण हुँदा गम्भिर बिरामी र प्रतिरोधी क्षमता कम भएका मानिसलाई बिरामी बनाएको उनको भनाई छ ।

‘ओमिक्रोन संक्रामक छ । यसले हल्का लक्षण मात्र देखाउँछ भनेर गलत कुरा भनिएको छ । यसबाट सचेत हुनुपर्छ’ उनले भने । ‘गल्ती नगरौं । ओमिक्रोनले अस्पताल भर्ना हुने संख्या र मृत्यु बढाइरहेको छ । यसले स्वास्थ्य संस्थालाई चुनौति दिइरहेको छ’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर