एमाले कैलालीका पदाधिकारी तथा सदस्यलाई वडा कमिटीको सम्मान – Nepal Press

एमाले कैलालीका पदाधिकारी तथा सदस्यलाई वडा कमिटीको सम्मान

कैलाली । नेकप एमाले कैलालीमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका ८ नम्बर वडा कमिटीले नवनिर्वाचित उपसचिव ममताप्रसाद चौधरी, सदस्यहरु खगेन्द्र ठकुल्ला, खेम सापकोटा र धनन्जय कठायतलाई अभिनन्दन गरिएको हो ।

कैलालीको घोडाघोडी नगरपालिकाबाट जिल्ला कमिटीमा निर्वाचित पदाधिकारी तथा सदस्यमा निर्वाचन भएकाहरुलाई सम्मान गरिएको हो । उपसचिवमा निर्वाचित चौधरी घोडाघोडी नगरपालिकाका प्रमुख पनि हुन् ।

सम्मान कार्यक्रममा बोल्दै चौधरीले जनताको समस्या बोल्ने पार्टी एमाले मात्रै भएको बताए । ‘हाम्रो पार्टी सर्वहाराको पार्टी उनले भने हाम्रो पार्टीमा रहेका सबै नेता कार्यकर्ता उत्पादनसँग जोडिनु पर्छ’, उनले भने ।

चौधरीले कोरोना संक्रमण बढिरहेको भन्दै सबैलाई सचेत रहन आग्रह समेत गरेका थिए । २३ गते सुरु भएको जिल्ला अधिवेशनबाट कैलालीमा एमालेको नयाँ नेतृत्व चयन भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर