मुलायमसिंहकी कान्छी बुहारी बीजेपी प्रवेश, उत्तर प्रदेशमा समाजवादी पार्टीलाई धक्का – Nepal Press

मुलायमसिंहकी कान्छी बुहारी बीजेपी प्रवेश, उत्तर प्रदेशमा समाजवादी पार्टीलाई धक्का

दिल्ली । विधानसभा चुनावको ठीकअघि भारतको उत्तर प्रदेशमा समाजवादी पार्टीलाई ठूलै धक्का लागेको छ । नेता मुलायमसिंह यादवकी कान्छी बुहारी अर्पणा बुधबार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेकी छिन् ।

उनलाई भाजपाको दिल्लीस्थित मुख्यालयमा उपमुख्यमन्त्री केशवप्रसाद मौर्य र प्रदेश अध्यक्ष स्वतन्त्रदेव सिंहले पार्टीको सदस्यता प्रदान गरे । भारतीय संचारमाध्यमका अनुसार उनी लखनउ काँटबाट टिकट नमिल्दा अखिलेश यादवसँग निराश थिइन् ।

अर्पणा मुलायमसिंह यादवका कान्छा छोरा प्रतीक यादवकी पत्नी समेत हुन् । भाजपाको सदस्यता लिएपछि अर्पणाले प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री योगी आदित्यनाथप्रति आभार व्यक्त गरिन् ।

बीजेपी प्रवेश लगत्तै उनले राष्ट्रको आरधना गर्न आफू पहिलेको दलबाट निस्किएको बताइन् । उनले प्रधानमन्त्री मोदी र मुख्यमन्त्री आदित्यनाथको सहयोग जरुरी भएको समेत बताइन् ।

उनले स्वच्छ भारत मिसन, महिलाको स्वालम्वन र पार्टीका अन्य योजनाबाट निकै प्रभावित भएको समेत बताइन् । ‘म जे गर्छु, पुरा क्षमता लगाएर गर्छु’ उनले भनेकी छिन् ।

अर्पणालाई बीजेपीको सदस्यता दिलाउँदै स्वतन्त्रदेव सिंहले पार्टीको कद अझै बढेको बताए । मौर्यले प्रधानमन्त्री मोदीको नेतृत्वमा देश प्रदेशको विकास भैरहेको समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर