प्रधानमन्त्री कपको उपाधिका लागि आज पुलिस र एपीएफ भिड्दै – Nepal Press

प्रधानमन्त्री कपको उपाधिका लागि आज पुलिस र एपीएफ भिड्दै

काठमाडौं । पहिलो पटक ट्वान्टी-२० फर्म्याटमा आयोजना भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज  हुँदैछ ।  विभागीय टोलीहरु नेपाल पुलिस र नेपाल एपीएफ क्लबबीचकाे खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

राष्ट्रिय तथा युवा खेलाडी सम्मिलित दुबै टोली अपराजित रहँदै  फाइनलमा पुगेका हुन् । सेमिफाइनलमा पुलिसले वागमती प्रदेश र एपीएफले अर्को विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मीलाई पराजित गरेको थियो ।

१० टोली सहभागी प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा नेपाल क्रिकेट संघ (क्यान)ले यस प्रतियोगिता एकदिवसीय फर्म्याटमा आयोजना गर्दै आएको थियो ।

तर, आगामी महिना ओमानमा हुने ट्वान्टी-२० विश्वकपको ग्लोबल छनोटमा नेपालले सहभागिता जनाउने भएपछि त्यसैको तयारीस्वरुप यस प्रतियोगिता ट्वान्टी-२० फर्म्याटमा आयोजना गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर