भोजपुरी स्टारलाई प्रहरीले महोत्सव जान रोकेपछि दर्शकले चारवटा गाडी जलाए (भिडिओ) – Nepal Press

भोजपुरी स्टारलाई प्रहरीले महोत्सव जान रोकेपछि दर्शकले चारवटा गाडी जलाए (भिडिओ)

सुनसरी । चर्चित भोजपुरी कलाकार खेसारीलाल यादवलाई बर्जु महोत्सवमा जानबाट प्रहरीले रोकेपछि आक्रोशित दर्शकले उपद्रो मच्चाएका छन् । उनीहरुले चारवटा गाडीमा आगजनी गरे ।

बर्जु गाउँपालिकामा पुस २३ गतेबाट बर्जु महोत्सव आयोजना भएको थियो । उक्त महोत्सवको अन्तिम दिन आज भोजपुरी कलाकार यादव आउने तय भएको थियो । उनी विराटनगरमा आएर बसेका थिए ।

तर प्रहरीले कलाकार यादवलाई कार्यक्रममा जान नदिएपछि आक्रोशित स्थानीयले स्टेज तोडफोड र गाडीहरुमा आगजी गरेका हुन् । आयोजकले कलाकार यादवको नाममा टिकट अग्रिम बुक गरेको थियाे । यादव कार्यक्रममा नपुगेपछि टिकट किनेकाहरुले तोडफोड र आगजनी गरेको बुझिएको छ ।

अहिले महोत्सवमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन् । त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । कलाकार यादवलाई प्रहरीले विराटनगरमै रोकेर राखेका छन् ।

स्थानीय प्रशासनले कोरोनाका कारण महोत्सव रोक्न अगाडि नै निर्देशन दिएको थियो । तर आयोजक बर्जु सामुदायिक विकास केन्द्र सुनसरीले अटेर गर्यो । महोत्सवमा अत्यधिक भिडभाड हुने देखेर प्रहरीले खेसरीलाललाई जान रोकेको हो ।

को हुन् खेसरीलाल ?

भारतीय कलाकार खेसरीलाल यादव भोजपुरी चलचित्रमा चर्चित छन् । उनी अभिनेताका साथै गायक, डान्सर र मोडलका रुपमा समेत चिनिन्छन् ।

सन् २००० को दशकको अन्तिमतिर खेसरीले गायकको रुपमा कलाकारिता थालेका थिए । केही हिट गीतहरु गाएपछि उनले अभिनयमा पाइला राखे । उनले साजन चले ससुराल, लहु के दो रंग, जस्ता बलिउड फिल्ममा काम गरेका छन् । यस्तै, भोजपुरी चलचित्रहरु प्यार कौनो खेल ना हा, छाप्रा एक्स्प्रेस, लहु पुकारेला, खेसरी के प्रेम रोग लगायतमा उनको अभिनय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर