पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द

२०७८ माघ ४ गते १९:२२

काठमाडौं । कोरोना महामारी बढ्दै गएपछि पशुपतिनाथ मन्दिरमा नित्यपूजा बाहेकका सम्पूर्ण काम बन्द गरिएको छ ।
आज रातिबाटै लागूहुनेगरि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरुमा परम्परागत नित्यपूजा बाहेकका काम बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषले एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार अर्को सूचना जारी नभएसम्म नित्य पूजा मात्रै हुने जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर