काठमाडौंका मेयर भन्छन् : निः शुल्क आइसोलेशन सञ्चालनका लागि तयारी अवस्थामा छौँ – Nepal Press

काठमाडौंका मेयर भन्छन् : निः शुल्क आइसोलेशन सञ्चालनका लागि तयारी अवस्थामा छौँ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निःशुक्ल आइसोलेशन सञ्चालनका लागि आफूहरु तयार रहेको बताएका छन् ।

काठमाडौं महानगर वडा—२३मा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै सीसीएमसीसँग उनले आइसोलेशन र क्वारेन्टिन सञ्चालनका लागि तयार रहेको बताएका हुन् ।

उनले भने, ‘हामीले त्यसका लागि गृहमन्त्रीज्यु, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौँ । हामीले नेपाली सेना र अस्पतालहरुलाई तयारी अवस्थामा रहन भनेका छौँ । हामी पनि तयारी अवस्थामा छौँ । आवश्यक पर्यो भने तुरुन्तै निः शुल्क आइसोलेशन र क्वारेन्टीनहरु सञ्चालन गर्न सक्छौँ ।’

उनले कोरोना संक्रमणको तेस्रो लहर सुरु भएपछि सीसीएमसीले कोभिड–१९ संकट व्यवस्थापनका हरेक निर्णयमा स्थानीय सरकारसँग सल्लाह र समन्वय नगरेको आरोप पनि लगाए । पहिलो र दोस्रो लहरका समयमा समन्वय हुने गरेको भएपनि अहिले त्यसो हुन नसकेको उनले बताए ।

उनले प्रदेश, स्थानीय र केन्द्र सरकारले पटक–पटक सतर्क रहन अपिल गरे पनि आम मानिसले भने कोरोना केही होइन भन्दै अलिक बढी नै लापरवाही गरेको जस्तो देखिएको बताए ।

उनले भने, ‘अहिले कोरोना संक्रमण दर बढिरहेको अवस्थामा म पुनः काठमाडौँ महानगरवासी र उपत्यकावासीलाई बढी हेलचेक्रयाइँ नगरौँ भन्ने अपिल गर्न चाहन्छु ।

हामी स्वयंले सावधानी अपनाउने हो भने बढ्दो संक्रमण दरलाई कम गर्न सकिन्छ । हामीले रोग लाग्नु भन्दा पनि रोग नै लाग्न नदिने वातावरण निर्माण गर्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर