पोखराबाट विराटनगर जाँदै गरेको बस सर्लाहीमा दुर्घटना, १६ यात्रु घाइते – Nepal Press

पोखराबाट विराटनगर जाँदै गरेको बस सर्लाहीमा दुर्घटना, १६ यात्रु घाइते

जनकपुरधाम । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् ।

हरिवन नगरपालिका-९ नोचामा ना. ५ ख ५०५५ नम्बरको बस दुर्घटनामा परेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख केदारमान दोङका अनुसार पोखराबाट विराटनगरतर्फ जाँदै गरेको बस राजमार्गबाट पल्टिएको छ ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि नमुना अस्पताल पुर्‍याइएको दोङले बताए । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर