मुगु एमाले अध्यक्षमा जितबहादुर मल्ल सर्वसम्मत चयन – Nepal Press

मुगु एमाले अध्यक्षमा जितबहादुर मल्ल सर्वसम्मत चयन

मुगु । नेकपा एमाले मुगुले एक सातापछि नेतृत्व चयन गरेको छ ।

२७ पुसदेखि सुरु भएको नेकपा एमाले मुगुको ८औँ जिल्ला अधिवेशन एक सातापछि सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

अधिवेशनले अध्यक्षमा जितबहादुर मल्ल, उपाध्यक्षमा कर्णबहादुर मल्लसहित ९० सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको सचिव डबल बहादुर रोकायाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर