अबुधावी ‘आतंकवादी आक्रमण’प्रति नेपालद्वारा निन्दा


काठमाडौं । दुई भारतीय र एक पाकिस्तानी नागरिकको ज्यान जाने गरि युएईको अबुधाबीमा भएको ड्रोन आक्रमणप्रति नेपालले निन्दा गरेको छ ।
परराष्ट्र मन्त्रालयले मंगलबार ट्वीटरमार्फत युएईका विभिन्न स्थानमा भएका ती आतंकवादी हमलाप्रति खेद व्यक्त गरेको छ ।
Nepal condemns the terrorist attacks in different places of Abu Dhabi, UAE yesrerday. We also express deep condolences to the families of the deceased and wish for speedy recovery of the injured.@PaudyalBR @sewa_lamsal
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) January 18, 2022
मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत नेपालले गरेको छ । उक्त आक्रमणमा ६ जना घाइते भएका थिए ।
यमनको हुती विद्रोहीले आक्रमणको जिम्मा लिएको छ । ड्रोनमार्फत अबुधावीका तीनवटा पेट्रोलियम भण्डारण स्थललाई लक्षित गरि आक्रमण गरिएको थियो ।
यो घटनालाई लिएर विश्वभरबाट निन्दा भएको छ । यो आक्रमणपछि साउदी नेतृत्वको अरबी गठबन्धन र यमन विद्रोहीबीचको द्वन्द्व नयाँ चरणमा प्रवेश गरेको रोयटर्सले जनाएको छ ।
वासिङ्टन र तेहरानले आणविक तनाव अन्त्य गर्न कसरत गरिरहेको बेला युएईमा यस्तो आक्रमण भएको हो ।